
प्रकाश लम्साल (इमेज)
बारा, चैत १५ । डिभिजन वन कार्यालय बाराका प्रमुखसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
अख्तियारको टोलीले शुक्रबार डिभिजन वन कार्यालय बाराका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
काठ उपलब्ध गराइदिने शर्तमा सेवाग्राहीबाट लिएको घुसवापतको रकम अख्तियारको टोलीले गौरीशंकर केशरी र रामचन्द्र अधिकारीबाट बरामद गरेको हो ।
केशरीको साथबाट नगद २५ हजार र अधिकारीबाट ९० हजार रुपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ ।
डिभिजन वन कार्यालयका प्रमुख ठाकुरले कार्यालय सहयोगीमार्फत् रकम लिन लगाएको सूचनाको आधारमा अख्तियारले छापा मारेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्