२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


फेरियो रक्तचन्दन तस्करीको शैली


0
Shares

                                                                           रक्तचन्दनको गोलिया

काठमाडौं, कात्तिक २५ । नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुईजना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन् ।

भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तेल बरामद भएको छ । –राजधानी दैनिकबाट