
काठमाडौं, कात्तिक २५ । लागुऔषध कुलत यस्तो हो, दुर्व्यसनीमा फसेपछि उनीहरुलाई जसरी पनि लागुऔषध चाहिन्छ । लागुऔषध जुटाउनका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् ।
विजेश्वरी बस्ने सविन मगर र उनकी श्रीमती सेलेस्टी क्षेत्री पनि लागुऔषध दुर्व्यसनी हुन् । लागुऔषध दुर्व्यसन कै कारण उनीहरु आर्थिक संकटमा परेका थिए । तर जसरी पनि लागुऔषध खानका लागि पछिल्लो समय उनी लुटपाट धन्दामा लागे ।
उनीहरुले केही व्यक्तिले मोटरसाइकलबाट सिक्री थुत्ने गरेको समाचार पढेका थिए । त्यसैलाई पछ्याउँदै उनीहरु पनि त्यही बाटो लागे ।
साथीको मोटरसाइकल केही दिनका लागि भनेर लिए । त्यसपछि श्रीमान–श्रीमती राजधानीका गल्ली–गल्ली दौडन थाले । गत बुधबार साँझ ठमेल हिँडिरहेकी एक महिलाको गलाबाट सिक्री लुटे । सविनले महिला नजिकै मोटरसाइकल लगेर गति घटाए, सेलेस्टीले युवतीको घाँटीबाट सिक्री थुतिन् । त्यसपछि दुबैजना मोटरसाइकलमै भागे ।
ठमेल, नयाँबजार क्षेत्रका शंकास्पद १०–१२ जनालाई प्रहरीले पक्राउ ग¥यो । उनीहरुबाट लुटेराको सूचना पाएपछि प्रहरीले सो जोडीलाई पक्राउ ग¥यो । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्