Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


नेपालगन्जस्थित हतियार कारखानामा प्रहरीको छापा


0
Shares

राँझा, चैत १५ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–५ स्थित डीएसपी रोडमा हतियार बनाउने कारखानामा छापा मारेर प्रहरीले हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रदेश नम्बर–५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सातथान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एकथान, लामो स्प्रीङ तीनथान, आरनलगायत सामग्री बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उक्त कारखाना जंगबहादुर नेपालीले सन्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जंगबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको उनले बताए । रासस