लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, चैत १५ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका एकजना जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् ।
पर्वतको फलेवास नगरपालिका वडा नम्बर–७, लिमिठानाका धर्म पौडेल शुक्रबार बिहान पक्राउ परेका हुन् ।
सो समूहका पर्वत जिल्ला सदस्य रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्रेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
सरकारले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्