३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


उत्तरी नाका खोल्न तिब्बत सकारात्मक


0
Shares

काठमाडौं, कात्तिक २६ । तिब्बतसँग सीमा जोडिएका नेपालका उत्तरी नाका खुला गरी व्यापारिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्न तिब्बत सरकार सकारात्मक देखिएको छ ।

केही दिनअघि तिब्बत भ्रमणबाट फर्किएको सांसद टोलीले विगतमा संचालन भएर बन्द भएका र औपचारिक रुपमा नखुलेका नाका खोल्ने विषयमा सकारात्मक प्रतिक्रिया जनाएको छ ।

टोलीका संयोजक बलबहादुर केसीले चीनसँग सीमा जोडिएका विभिन्न जिल्लाका १२ जना सांसदको टोलीले तिब्बत सरकारका उपप्रमुखसँग मैत्रीपूर्ण भेटवार्ता गरेको बताए ।

‘उनीहरुले नेपालाई नजिकको छिमेकीका रुपमा हेरेका छन्, अझै सीमा जोडिएका जिल्लालाई त झन् नजिकको व्यवहार गर्ने गरेको हामीले पायौं,’ उनले भने, ‘सरकारले ठोस पहल गर्ने हो भने उत्तरी नाका खोल्ने विषयमा तिब्बत अत्यन्तै सकारात्मक छ ।’ -कान्तिपुर दैनिकबाट