Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


गगनले पढेकोमा अमेरिकाको गर्वः दूतावासले नै भन्यो यस्तो !


0
Shares

काठमाडौं, चैत १५ । नेपाली कांग्रेसका नेता गगन थापा छोटो कोर्षको अध्ययनका लागि अहिले अमेरिकामा छन् । अमेरिकाकै प्रतिष्ठित मध्येको एक हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा उनी भर्ना भएका हुन् ।

‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ नामक छोटो अवधिको कोर्ष अध्ययनका लागि उनी अमेरिका गएका हुन् ।

नेपाली राजनीतिकर्मी मध्ये धेरैले आश गरेका थापा आफैमा पनि सेलिब्रेटी नेता हुन् । पूर्वमन्त्रीसमेत रहेका थापा मन्त्री बन्दापनि आफूले गरेका कामका कारण प्रशंसाका पात्र थिए ।

यस्तोमा उनले छोटै अवधिको भए पनि विश्वस्तरीय विश्वविद्यालयमा अध्ययन गर्ने चाहना रहेको भन्दै अमेरिका पढ्न गएका हुन् ।

यसै विषयमा नेपालस्थित अमेरिकी दूतावासलेसमेत उनले कक्षा लिइरहेको तस्वीर गर्वका साथ राख्दै ‘हेर्नुस् त, कक्षामा को छ ?’ भन्दै समाचार बनाएको छ ।

गगनले आफूले फेरि कक्षा लिन पाएकामा खुशी व्यक्त गर्दै “मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशूस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।’ भनेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासको फेसबुक पेजमा गगनले कक्षा लिइरहेका तस्वीर राख्दै दिइएको औपचारिक जानकारीमा ‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको “एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन“ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ । वहाँ भन्नुहुन्छ, “मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो जस्ले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महशूस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ ।’ भनिएको छ ।

दूतावासले गगनलाई शुभकामना दिँदै ‘वी वीस हिम एन ए प्लस टाइम । हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं ।’ पनि भनेको छ ।

बालाजुस्थित सिद्धार्थ बनस्थली स्कुलबाट विद्यालय शिक्षा उत्तीर्ण थापाले त्रिचन्द्र कलेजबाट आईएस्सी र बीएस्सी पास गरेका थिए ।

स्नातकोत्तर भने उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा गरेका छन् । आफुलाई पीएचडी गर्ने धोको भएपनि राजनीतिले गर्दा पूरा गर्न नसकेको उनले बताउँदै आएका छन् ।