
काठमाडौँ । शुक्रबारबाट नेपालका हलहरुमा नेपाली चलचित्र “शुभ लभ” र “साइँली” प्रदर्शन आएका छन् ।
लभ स्टोरी जनरामा बनेको चलचित्र “शुभ लभ”मा हरिहर अधिकारी, कृष्टिन पौडेल, प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेको छ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहेको छ ।
बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीपकुमार उदयको प्रस्तुति र धर्मराज शर्मा सुवेदीको निर्माण रहेको छ ।
चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
त्यस्तै बैदेशीक रोजगारीको कथामा निर्माण भएको समाजिक कथावस्तुलाई “साइँली” चलचित्रमार्फत् पर्दामा उतार्न निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
यो चलचित्रलाई गायक हेमन्त राना र गौरव पहारीले मिलेर निर्माण गरेका छन् ।
जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।
विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा विजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् ।
चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्