३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


ट्वाइलेटबाटै चुहिन्छ सेयरबजारका गोप्य सूचना


0
Shares

काठमाडौं, मंसिर २ । सेयरबजारमा गोप्य सूचना चुहाउँदा कारोबार प्रभावित हुने गरेको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीका संचालकले नै ‘आफन्त’ लाई गोप्य सूचना चुहाउने गरेको दाबी स्रोतको छ ।

सूचीकृत कम्पनीका संचालक समिति बैठक प्रायः सेयर कारोबार भइरहेकै बेला बस्छ । बैठक चलिरहेकै बेला सूचीकृत कम्पनी संचालक ट्वाइलेट जान्छन् र सुटुक्क आफन्तलाई सूचना दिएर सेयर किनबेच गराउँछन् ।

सूचीकृत कम्पनी संचालकबाट उत्साहजनक सूचना पाउनेले सेयर किन्न थाल्छन्, निराशाजनक निर्णय भएको सुइँको पाए बेच्न थाल्छन् ।

पछिल्लो पटक एभरेस्ट बैंक र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा यस्तै चलखेल भएको खुलेको छ । गोप्य सूचना चुहिएकै आधारमा दुई कम्पनीको सेयर माग एकैछिनमा आकासिएको एक लगानीकर्ताले बताए ।
बुधबार संचालक समितिको बैठक बसिरहेको बेला एभरेस्ट बैंकले बम्पर लाभांस घोषणा गर्दैछ भन्ने सूचना सेयर बजारमा चुहियो । गोप्य सूचना सार्वजनिक हुनेबित्तिकै सेयर माग बढ्यो, माग बढेपछि मूल्य पनि बढ्यो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि मंगलबारको कारोबार अघि नै गोप्य सूचना सार्वजनिक भएको लगानीकर्ता बताउँछन् । –नागरिक दैनिकबाट