Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सरकारले यसरी विदेशमा अलपत्र नेपालीलाई उद्धार पनि गर्छ !


0
Shares

काठमाडौं, मंसिर २ । प्रधानमन्त्रीको सचिवालयमार्फत् उद्धार भइ नेपाल फर्किएका साउदी अरेबियामा अलपत्र एक युवाले विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी धन्यवाद दिएका छन् ।

स्याङ्जा चन्डिकालीका घर भइ पोखरामा बस्दै आएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा गएका थिए । तर, रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उनी अलपत्र परेका थिए ।

अलपत्र परेका आचार्यले दुई महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्धार गर्न अनुरोध गरेका थिए ।

आचार्यको अनुरोध र प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयले उनको परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अगाडि बढाएको थियो ।

श्रम तथा परराष्ट्र मन्त्रालयसँग समन्वयमा गत कात्तिक २९ गते आचार्यलाई नेपाल ल्याइएको थियो ।

बिहीबार आचार्यले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकामा नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिए ।

भेटमा प्रधानमन्त्री दाहालले सरकार विदेशमा रहेका नेपालीका समस्याप्रति संवेदनशील रहेको भन्दै अब उच्च मनोबलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गरे । रासस