फाइल फोटो
पोखरा, मंसिर २ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आचारसंहिताविपरीत बनेका घर भत्काइने बताएका छन् ।
पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले विहीबारदेखि पोखरा रंगशालामा सुरु गरेको महोत्सवको उद्घाटन गर्दै उनले जथाभावी बनाइएका घरहरु ३५ दिनभित्र आफैं नभत्काए सरकारले भत्काउने बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यासको काम अब छिट्टै अघि बढ्नेसमेत बताए ।
पोखरा र लेखनाथ नगरपालिकालाई मिलाएर पोखरा उपत्यका प्राधिकरणको गठन गरी गुरु योजनासहित काम गर्ने मन्त्री केसीको भनाइ थियो ।
‘रेवान’ महोत्सव यही मंसिर १२ गतेसम्म चल्नेछ ।





प्रतिक्रिया दिनुहोस्