Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


शेयर बजारमा पहिरो


0
Shares

काठमाडौं, मंसिर २ । साताको अन्तिम दिन विहीबार शेयर बजारमा उच्च गिरावट आयो ।

बजार परिसूचक नेप्से ४० अंकले झरेर १६ सय ५८ मा आइपुग्यो । कारोबार भने डेढ अर्ब पुग्यो ।

यसदिन कारोबार भएका सबै समूह उल्लेख्यदरले ओरालो लागे । बीमा समूह सबैभन्दा उच्च २ सय ४१ अंकको गिरावट आयो । जलविद्युत् समूहमा ६० अंक, होटल समूहमा ५३ अंक, विकास बैंक समूहमा ४१ अंक, वाणिज्य बैंक समूहमा पनि ४० अंकको गिरावट आयो । वित्त र अन्य समूह पनि दोहोरो अंकले ओर्लियो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३५ कम्पनीको १६ लाख २० हजार कित्ता शेयर डेढ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।