१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


नेपाली अढाइसय रुपैयाँमा भारु पाँचसय साटिदैं


0
Shares

काठमाडौं, मंसिर ३ । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् ।

महोत्तरीको भिठ्ठामोड नाकामा भारु सटही गर्नेहरुले पाँच सयको नोट लिएर त्यसको आधा रकम दिने गरेका छन् ।

रकम नसाटिने डरले नेपालीहरुले आधा दाममा पनि भारु साटिँदा राहत भएको स्थानीय ललन झाले बताए । उनले सात हजार भारु आधा दाममा साटेका थिए ।

सीमाक्षेत्रका सटही कारोबारीले भारतीय बैंकहरुमा लामो लाइन बसी रकम खुद्रा गरी ल्याई त्यसलाई दोब्बर फइदा लिई बिक्री गर्ने गरेका छन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट