Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


अध्यक्ष दाहाल अमेरिकाबाट फर्किदै, पत्नी सीताको स्वास्थ्यमा केही सुधार


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल १० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ ।

अध्यक्ष दाहाललाई विदाई गर्न अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई, नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराईलगायतका ब्यक्तिहरु विदाइका लागि विमानस्थल पुगेका थिए ।

उनी न्यूयोर्कबाट अवुधावी हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ । अध्यक्ष दाहालसँग पत्नी सीता छोरी गंगा, ज्वाई जीवन पनि सँगै नेपाल आउनेछन् ।

छोरी गंगाले आमा सीताको स्वास्थ्यमा क्रमिक सुधार भएको फेसबुकमार्फत जनाएकी छन् ।

उनले वासिङटनको जर्जटाउन युनिभर्सिटी अस्पताल, अलाबामाको बरमीन्गम युनिभर्सिटी आस्पतालप्रति आभार प्रकट गरेकी छन् । -तस्विरः गंगा दाहालको फेसबुकबाट