२५ श्रावण २०८२, आइतबार | Sun Aug 10 2025


अख्तियारका पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर


0
Shares

काठमाडौं, चैत १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार आफ्नै पूर्वआयुक्त पाठकविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको हो ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितता लुकाउन कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको सार्वजनिक भएपछि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए ।

अख्तियारले पाठकबाट ७८ लाख रुपैयाँको बिगो भराउनसमेत माग गरेको छ ।

यस्तै, सो कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेलाई पनि मुद्दामा विपक्षी बनाइएको छ ।