३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


पार्टी एकीकरणको एक साता नबित्दै राप्रपामा वैचारिक अन्तरकलह


0
Shares

काठमाडौं, मंसिर ११ । पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो ।

नागरिक दैनिकमा शुक्रबार प्रकाशित अन्तर्वार्तामा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले राखेको ‘पार्टी गणतन्त्रमा गइसकेकाले फेरि राजतन्त्रमा नफर्कने’ धारणाप्रति पार्टी अध्यक्ष कमल थापा पक्षले आपत्ति जनाएका छ ।

‘पशुपति राणाको अभिव्यक्ति एकताको भावना र पार्टीको आधिकारिक धारणाविपरीत छ, शीर्ष नेताबाट कार्यकर्तामा भ्रम नपारौं’ भन्दै पार्टी अध्यक्ष थापानिकट रहेका सहप्रवक्ता मोहन श्रेष्ठले ट्वीटसमेत गरेका छन् जसलाई थापा स्वयंले रिट्विट गरेका छन् ।

हिन्दु राष्ट्र पक्षधर राप्रपा नेपाल र राप्रपाबीच सोमबार एकीकरण भएको थियो । सोमबारको घोषणासभामा पार्टी अध्यक्ष थापाले राजतन्त्रको विषय छाडिनसकेको र त्यसलाई महाधिवेशनले टुंगो लगाउने बताएका थिए । –नागरिक दैनिकबाट