
-नवराज छत्कुली/ईमेज
धादिङ । राजधानी काठमाडौँ भित्रने र विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा रहेको पृथ्वीराजमार्ग पछिल्लो समय लागुऔषधको ओसारपसारको नाका बन्दै गएको छ ।
हरेक हप्ताजसो राजमार्गबाट प्रहरीले अवैध लागुऔषध बरामद गर्न थालेसँगै यसको खुलासा समेत भएको हो ।
पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै अवैध लागु औषध चरेश तथा गाँजाको ओसारपसार बढ्दै गएको हो ।
धादिङ प्रहरीले जिल्लाको पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट गत शुक्रबार एक सय ६४ किलो चरेशसहित एक भारतीयलाई पक्राउ ग¥यो ।
यस्तै प्रहरीले गत पुस १९ गते गजुरी बजारबाट दुई सय ३५ किलो चरेससहित दुई भारतीयलाई पक्राउ ग¥योे ।
गत माघ २७ गते तीन सय ६० किलो चरेशसहित तीन भारतीयलाई पक्राउ गरेको थियो ।
त्यसैगरी फागुन २६ गते गजुरीबजारबाट नै एक सय ५ किलो चरेशसहित तीनजनालाई पक्राउ गरिएको थियो ।
पक्राउ गरिएका यि सबै लागू औषध बस र ट्रकमार्फत राजमार्गकै बाटो प्रयोग गरी ओसारप्रसार भईरहेको हो । पक्राउ परेकामध्ये अधिकांश भारतीय नागरिक छन् ।
लागुऔषध करोबारमा अधिकांश भारतीय नागरिक पक्राउ पर्नुले नेपाल उनीहरूका लागि लागुऔषध करोबार गर्ने उपयुक्त बजार रहेको पुष्टि हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट बताउँछन् ।
भारतीय लागुऔषध कारोबारीले नेपाललाई लागुऔषध कारोबारको ‘हब’ बनाएका छन् ।
लागुऔषध नियन्त्रण ब्युरोले पनि भारतीय लागुऔषध कारोबारीको मुख्य बजार काठमाडौं उपत्यकालाई मानेको छ । काठमाडौँमा सामान पु¥याउने र फर्कदाँ लागुऔषध लिएर भारत जाने गरेका छन् ।
यसरी भारत लैजादै गरेको केही लागुऔषध प्रहरीको फन्दामा पर्ने गरेका छन् भने बाँकी सिधैँ भारतमा नै पुग्ने गरेका छन् ।
लागुऔषध बेच्ने उपयुक्त मार्केटका रूपमा नेपाललाई विकास गर्न लागिएको यी घटनाले पुष्टि गर्ने धादिङका प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ ।
कुनै कुनै घटनामा भने लागुऔषधको कारोबारी गर्ने तस्कर उम्कने र भरिया मात्र समातिने गरेका छन् ।
प्रहरीले गत साउनदेखि हालसम्म ८ सय ७३ किलो चरेश, ६ सय ३५ किलो ७ सय ९० ग्राम गाँजा, नाईट्रोभेट ५९ ट्याब्लेठ स्पास्मो १० ट्याब्लेट, कफट्याब १० ट्याब्लेट, ट्रमा लेखिएको क्याप्सुल १६ पिस, कलभम ६२५ लेखिएको क्याप्सुल ४ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
लागुऔषध गाँजा र चरेश तस्करमा संलग्न विभिन्न घटनामा एक बर्षमा ३७ जना पक्राउ परेका छन् जसमध्ये तीन वटा कन्टेनर÷ट्रक सहित ८ जना भारतीय छन् ।
“
प्रतिक्रिया दिनुहोस्