३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीको आग्रह


0
Shares

काठमाडौं, मंसिर १२ । संविधान संशोधनका लागि संसदको दुई तिहाइ मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि राप्रपा अध्यक्ष थापालाई उपप्रधानमन्त्रीसहितको सम्मानजनक जिम्मेवारी दिएर संशोधनका लागि दुई तिहाइ पुर्‍याउने प्रधानमन्त्रीको प्रयास छ ।

प्रधानमन्त्रीको आग्रहबारे अध्यक्ष थापाले आधिकारिक निर्णय गर्न सकेका छैनन् । केही दिनअघिमात्र एकीकरण भएको पार्टीमा विधिवत रुपमा यो प्रस्ताव लैजाने समय थापाले पर्खिरहेको स्रोत बताउँछ ।

प्रधानमन्त्री दाहालले अनौपचारिक रुपमा उपप्रधानमन्त्रीसहित परराष्ट्र वा स्थानीय विकासमध्ये एक मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेको स्रोतले बतायो । –अन्नपूर्ण पोस्ट दैनिकबाट