Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिपक्षीको अनुपस्थितिमै संवैधानिक निकायमा धमाधम सिफारिस


0
Shares

काठमाडौं, चैत १२ । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै सोमबार बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तको नाम सिफारिस गरेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीलाई पत्र लेख्दै पार्टी संसदीय दलको बैठक भएकाले उपयुक्त समयमा अर्को बैठक राख्न आग्रह गरेका थिए ।

तर प्रधानमन्त्री ओलीले देउवाको पत्रलाई बेवास्ता गर्दै सोमबार अपराह्न परिषदको बैठक राखेर सिफारिस गरेपछि सरकार र प्रतिपक्षबीच दूरी थप बढेको छ ।

संवैधानिक व्यवस्थाविपरीत प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै यसअघि पाँच संवैधानिक आयोगको अध्यक्षको नाम सिफारिस गरेको असन्तुष्ट कांग्रेसले संसदीय सुनुवाई समिति बैठक बहिष्कार गर्दै आएको छ । –नागरिक दैनिकबाट