३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


४५ करोड खर्चिएर बनाएको मस्यौदा फाल्दै अर्को मस्यौदा बनाइयो


0
Shares

काठमाडौं, मंसिर १३ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई वर्षअघि ४५ करोड रुपैयाँ (४२ लाख अमेरिकी डलर) खर्चेर बनाएको ऐनको परिमार्जित मस्यौदा बेकामे भएको छ ।

प्राधिकरणका लागि एसियाली विकास बैंकको ऋण सहयोगमा नागरिक उड्डयन तथा क्षमता विकाससम्बन्धी स्पेनिस कन्सल्टेन्सी कम्पनी इनेगोले तयार पारेको ऐनको मस्यौदा बेकामे भएको हो ।

मस्यौदा काम नलाग्ने भएपछि सरकारले नयाँ कमिटी गठन गरी‘ ‘नेपाल नागरिक उड्डयन ऐन २०७३’ को परिमार्जित मस्यौदा बनाएको छ ।

इनेगोले बनाएको नागरिक उड्डयन एने २०७१ को मस्यौदा काम लाग्ने नभएको भन्दै संस्कृति मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा बनेको नयाँ कमिटीले अर्को मस्यौदा तयार पारेको हो ।

नयाँ मस्यौदा तीनदिन अघि पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई बुझाइएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट