३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


यसकारण दर्ता भएन संविधान संशोधन प्रस्ताव


0
Shares

काठमाडौं, मंसिर १२ । सत्तारुढ कांग्रेस र मधेसी मोर्चाभित्रैबाट असन्तुष्टिका स्वर सुनिएपछि सरकार संविधान संशोधन विधेयक संसदमा लैजान हच्केको छ ।

प्रमुख प्रतिपक्षी एमालेले संशोधनको चर्को विरोध गरिरहेका बेला उसले कांग्रेस र मोर्चाबाट दह्रो समर्थन खोजेको छ । सरकारले संशोधनको मस्यौदा तयार गरिसकेको छ ।

त्यसलाई आइतबार मन्त्रिपरिषदबाट पारित गरेर संसदमा दर्ता गराउने योजना सरकारको थियो तर, मोर्चाले प्रस्तावको पक्षमा खुलेर समर्थन नगरेको र निर्वाचनमा जाने प्रतिबद्धता नजनाएपछि रोकिएको छ ।

स्रोतका अनुसार मोर्चाको निर्वाचनमा जाने प्रतिबद्धता नआएसम्म संशोधन प्रस्ताव संसदमा दर्ता नगर्ने रणनीतिमा सरकार छ । संविधान संशोधन चुनावी वातावरणका लागि भएको भन्दै सरकारले मोर्चासँग चुनावमा जाने प्रतिबद्धता खोजेको छ । –नयाँ पत्रिका दैनिकबाट