१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


सुडानमा दुई नेपाली अपहरित, दुबैजना ललितपुर निवासी


0
Shares

काठमाडौैं, मंसिर १४ । सुडानको पश्चिमी डार्फरमा बन्दुकधारीहरुले दुई नेपाली युवकलाई अपहरण गरेका छन् ।

एक सुडानी नागरिकसहित दुई नेपाली अपहरणमा परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएको हो ।

उनीहरु आफ्नो काम सकेर निवास फर्कने क्रममा अपहरणमा परेका हुन् ।

तीनैजना संयुक्त राष्ट्रसंघीय शरणार्थी मामलासम्बन्धी नियोग (युएनएचसीआर) को सुडान कार्यालयमा कार्यरत छन् । नेपाली युवक ललितपुर पुल्चोक र धापाखेलका हुन् ।

युएनएचसीआर मुख्यालय जेनेभाका प्रवक्ता वावर बलोचले अपहरणमा दुई नेपालीसहित एक सुडानी परेको स्वीकार गरे । –कान्तिपुर दैनिकबाट