Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


निर्माणाधीन आयोजनाका समस्या समाधानमा नेपाल–भारत सहमत


0
Shares

काठमाडौं, मंसिर १५ । भारतीय ऋण तथा लगानीमा निर्माण हुने जलविद्युत, सीमापार रेल, एकीकृत जाँच चौकी, सडक, पूर्वाधार आयोजना समयबद्धरुपमा सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् ।

आयोजनाहरुको प्रगति तथा समस्याबारे अध्ययन गर्न गठित संयुक्त अनुगमन संयन्त्रको मंगलबार बसेको पहिलो बैठकमा समयबद्ध कार्यान्वयनमा दुवैपक्षले प्रतिवद्धतासमेत जनाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत भदौ ३० देखि २ सम्म भएको राजकीय भारत भ्रमणका बेला यो संयन्त्र गठन गर्ने सहमति भएको थियो । दुई देशबीच विगतमा भएका सहमतिहरुको समयबद्ध कार्यान्वयनका लागि गठित संयन्त्रको पहिलो बैठक परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको हो ।

संयन्त्रमा नेपालका तर्फबाट परराष्ट्रसचिव शंकरदास बैरागी तथा भारतबाट नेपालका लागि राजदूत रणजीत रायले नेतृत्व गरेका छन् । बैठकमा दुवैले आ–आफ्नो मुलुकको नेतृत्व गरेका थिए ।

नेपालबाट अर्थ, ऊर्जा, आपूर्ति, भौतिक पूर्वाधार, सिँचाईँ मन्त्रालयका सहसचिव सहभागी थिए । भारतबाट भने राजदूतसहित दुतावासका बरिष्ठतम अधिकारी सहभागी थिए । बैठकको माइन्युटमा बुधबार हस्ताक्षर हुनेछ । –नयाँ पत्रिका दैनिकबाट