५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


पल र आँचलको प्रेमिल गफले प्रेम गर्नेहरुलाई उर्जा(भिडियो)


0
Shares

काठमाडौँ । चर्चित गायक हिमाल सागरको काफलको दाना बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक सागरलाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छिन् ।

दीपक शर्माको शब्द संगीत समावेश गीतमा पछिल्लो पुस्ताका चर्चित कलाकारद्धय पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।

वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षीत गरि चर्चित गीतकार शर्माले सृजना गरेको यो गीतले प्रेम गर्नेहरुलाई उर्जा भर्ने काम गर्नेमा उनी ढुक्क छन् ।

गम्भिर विष्टको निर्देशन रहेको गीतको भिडियोमा पल र आँचलको अहिलेसम्मकै सशक्त अभिनय रहेको छ ।

पल र आँचल चलचित्रमा ब्यस्त बन्दै गएको समयमा पनि यो लोक पप शैलीको गीत रिलिज भए लगत्तै कैयौँ दर्शकले रुचाएका छन् ।

गीतमा पल र आँचलले काफलको दाना गलबन्दीमा ल्याएर प्रेमका कुरा गर्दै जन्मदिन मनाउने कुरा गर्दैछन् ।

नवराज उप्रेतीको छायांकन रहेको गीतमा सम्पादन नबिन निरौलाको रहेको छ ।

नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको कोरियोग्राफी सिबोल थापाले गरेका हुन् ।

?wmode=opaque&theme=dark”” frameborder=””0″” allowfullscreen>