१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


साइबर अपराध बढ्दै गएपछि छुट्टै ब्यूरो बनाउने योजनामा प्रहरी


0
Shares

काठमाडौं, मंसिर १७ । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अगाडि सारेको छ ।

साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो ।

अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो र अपराध महाशाखा दुबैमा साइबर अपराधका मुद्दा प्रत्येक वर्ष बढ्दो छ । –कान्तिपुर दैनिकबाट