७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


कारागार सुरक्षा प्रमुखमाथि कैदीबन्दीले गरे आक्रमण


0
Shares

कपिलवस्तु, मंसिर १७ । कपिलवस्तु कारागारमा कार्यरत् प्रहरी सुरक्षाकर्मी प्रमुखमाथि कैदीबन्दीबाट शुक्रबार आक्रमण भएको छ ।

कारागारको सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक जगजीवन यादवमाथि जबर्जस्ती करणीको अभियोगमा कैद भुक्तान गर्दै आएका कैदी जगतराम केवटले आक्रमण गरेको कारागार स्रोतले जनाएको छ ।

कारागारको पर्खालबाट कारागार निगरानी गरिरहेका सुरक्षा प्रमुख यादवमाथि केवटले दुईपटक इँटाले प्रहार गरेका थिए ।

आफूमाथि इँटा प्रहार हुन थालेपछि यादवले सुरक्षा चौकीमा लुकेर आफूलाई सुरक्षित बनाएका थिए ।

पछिल्लो अढाइ महिनायता कारागार सुरक्षाका लागि खटिएका प्रहरी सुरक्षाकर्मीका प्रमुख यादवले विगतमा कारागारभित्र सहजरुपमा पुग्ने गरेको मदिराजन्य पदार्थ, चुरोट, बिँडी र गुटखा प्रवेश गराउन प्रतिबन्ध लगाएकाले कैदी रुस्ट थिए ।

सो घटना भएसँगै जिल्ला प्रहरी कार्यालयबाट यादवलाई जिल्ला बोलाएर अर्का प्रहरी नायब निरीक्षक नाथुप्रसाद हरिजनलाई पठाइएको छ ।

प्रहरी नायब उपरीक्षक प्रह्लाद अधिकारीले कारागारमा सामान्य समस्या आएपछि कारागार सुरक्षा प्रमुख परिर्वतन गरिएको स्वीकार गरे । रासस