
काठमाडौं, मंसिर १९ । प्रहरीले मोटरसाइकलमा लुकाएको अवस्थामा १० किलो सुन बरामद गरेको छ ।
महानगरीय प्रहरी बृत्त बौद्धबाट चेकजाँचका लागि खटिएको टोलीले शुक्रबार राति राजधानीको बौद्धबाट करिब ४ करोड २८ लाख रुपैंयाबराबरको सुन बरामद गरेको हो ।
मादक पदार्थ सेवन गरे नगरेको चेकजाँचका लागि खटिएको प्रहरी टोलीले बौद्ध–६ फूलबारीबाट शुक्रबार राति सो परिमाणको सुन बरामद गरेको हो ।
चेकजाँचका लागि खटिएको प्रहरी टोली देखेर मोटरसाइकल नै छाडेर भागेपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदा सुन बरामद भएको हो ।
प्रहरीले सो मोटरसाइकल छाडेर भागेका दुई जनाको खोजी गरिरहेको छ । प्रहरीले बा ५५प १७७२ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा १० किलो सुन भेटाएको जनाएको छ ।
-राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्