जनकपुर, मंसिर १९ । आज जनकपुरमा विवाहपञ्चमी पर्व मनाइदै छ । भगवान श्री राम र माता सीताको वैवाहिक कार्यक्रम अन्तर्गत आज(आइतबार) विवाहोत्सव मनाउने गरिन्छ भने सोमबार रामकलेवा गर्ने परम्परा छ ।
विवाहपञ्चमीमा सहभागी हुन नेपाल–भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालु जनकपुर पुगेका छन् । यसअघि शनिबार मटकोर कार्यक्रम गरिएको थियो ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजाका साथ स्थानीय महिलाले जनकपुरको ऐतिहासिक गंगासागरमा पुगि विहेको मडवा बनाउनको लागि माटो ल्याएका थिए ।
साताव्यापी विवाहपञ्चमी महोत्सव मनाइने क्रममा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर कार्यक्रम गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्