नवलपरासी, मंसिर १९ । नवलपरासीको पुनर्संरचनामा रामनगर गाविसलाई टुक्र्याएको भन्दै स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।
रामनगरलाई अखण्ड राख्नु पर्ने माग गर्दै आइतबार स्थानीयले जिल्ला प्राविधिक सहयोग समितिको कार्यालय घेराउ गरेका हुन् ।
जिल्ला प्राविधिक सहयोग समितिले रामनगरको वडा नम्बर २ लाई सुनवल नगरपालिका र अन्य वडाहरुलाई रामग्राम नगरपालिकामा समावेश गरेको छ । राजनीतिक भागबण्डाका कारण रामनगर विभाजित गरेको भन्दै स्थानीय आन्दोलित भएका हुन् ।










प्रतिक्रिया दिनुहोस्