१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


फेरि शक्तिमा आउन खुमबहादुर खड्काले बनाए रणनीति


0
Shares

काठमाडौं, मंसिर २० । कांग्रेस नेता खुमबहादुर खड्का पार्टीभित्र पुनः शक्तिमा उदाउने रणनीतिमा लागेका छन् ।

गत फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन प्रमुख भूमिका खेलेका खड्का यतिखेर पार्टीका हरेक तहमा बार्गेनिङ गर्दै आफ्नो ‘स्ट्रेन्थ’ बढाउँदै लगेका छन् ।

नेता खड्का अहिले हिन्दु अधिराज्यको महाभियानमा लागेका छन् । त्यसैलाई आधार बनाएर उनले पार्टीका विभिन्न संरचनामा आफ्नो भाग खोज्न थालेका छन् ।

पार्टीको १३ औं महाधिवेशनमा खुला २५ केन्द्रीय सदस्य निर्वाचित हुँदा खड्काले दोस्रो बढी मत ल्याएका थिए । कयौं वरिष्ठलाई पछि पार्दै आफनो पक्षका नेता खड्का अगाडि आएपछि उनले उठाउँदै आएको हिन्दूराज्यको मुद्दामा पार्टीभित्रै सकारात्मक महोल बनाएको बुझाइ खड्का पक्षधरको छ ।

सभापति देउवाले आफ्नो पक्षलाई सहयोगी मान्दै आएपछि खड्का पनि उनलाई चिढिन नदिने रणनीतिमा लागेका छन् । सकेसम्म देउवालाई फकाएरै बलियो बन्ने दाउमा उनी लागेका छन् । –नयाँपत्रिका दैनिकबाट