काठमाडौं, मंसिर २१ । नाकाबन्दीका बेला चीनबाट तेल ओसार्ने ट्यांकरको ढुवानी भाडा अझै भुक्तानी भएको छैन ।
चीनबाट १३ लाख लिटर पेट्रोल ओसार्ज प्रयोग गरिएका ट्यांकरका भाडाबापतको रकम नपाएको ढुवानी व्यवसायीले बताएका छन् ।
भारतले नाकाबन्दी गरेको बेला चीनको केरुङबाट रसुवागढी हुँदै करिब १३ लाख लिटर पेट्रोल आयात गरिएको थियो । उक्त पेट्रोल आयात गर्न एक सय ३७ ट्यांकर परिचालन भएको बागमती ट्यांकर ढुवानी संघका अध्यक्ष बासु दाहालले जानकारी दिए ।
ढुवानी व्यवसायीको हिसाबमा कुल ६८ लाख रुपैयाँ भाडावापत पाउनुपर्ने हुन्छ । चीनबाट अनुदानमा आएको १३ लाख लिटर पेट्रोल एक सय ३७ पटक आयात गरिएको थियो । व्यवसायीका अनुसार प्रतिट्रिप ५० हजारका दरले एक सय ३७ पटक ओसार्दा ६८ लाख ५० हजार भाडा हुन आउँछ ।
ट्यांकर ढुवानी व्यवसायीले उचित भाडादर नपाए भारतबाट पेट्रोलियम आपूर्ति ठप्प पार्नेगरी आन्दोलन गर्ने बताएका छन् । –नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्