काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितका मुद्दा समाधान गर्न नेपाली कांग्रेस लागि परेको बताएका छन् ।
आफ्नै निवास बुढानीलकण्ठमा द्वन्द्व पीडित राष्ट्रिय समाजको ज्ञापन पत्र बुझ्दै उनले द्वन्द्वबाट सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई पुगेको भन्दै समस्या सामधानमा पार्टी गम्भिर छ भने ।
उनले द्वन्द्व पीडितका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोगलाई क्रियाशिल बनाईने पनि बताए ।
द्वन्द्व पीडितका जायज मागलाई पार्टीले सकारात्मक रुपमा लिएको भन्दै समस्या चाडै सामधान हुने आश्वासन दिए ।
द्वन्द्वपीडित राष्ट्रिय समाजका अध्यक्ष कुलबहादुर गुरुङले भने द्वन्द्व पीडितका बिषयमा सरकार र पार्टी मूकदर्शक भएको आरोप लगायो ।
उनले द्वन्द्व पीडितका माग सम्बोधन गर्न नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताए । आयोग राजनीतिक पार्टीहरुको हस्तक्षेपबाट मुक्त हुन नसकेको भन्दै पार्टीहरुले गम्भिरतापूर्वक नलिए आन्दोलन गर्ने चेतावनी दिए ।





प्रतिक्रिया दिनुहोस्