Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


संशोधन प्रस्ताव परिमार्जन गर्न सकिन्छ : प्रधानमन्त्री, ७० जना पक्राउ


0
Shares

कैलाली, मंसिर २२ । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने दोहोर्‍याएका छन् ।

बुधबार कैलालीको सदरमुकाम धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र आन्दोलनका भरमा संशोधन प्रस्ताव फिर्ता नहुने स्पस्ट पारे ।

प्रधानमन्त्री दाहालले छलफल र संवादका माध्यमबाट संशोधन प्रस्ताव परिमार्जन गर्न सकिने औंल्याउँदै सहमतिमा आउन नेकपा एमालेलगायत आन्दोलनरत् सबै दलसँग आग्रहसमेत गरे ।

उनले संविधान संशोधन र निर्वाचन गरिछाड्ने अठोट गर्दै संशोधन प्रस्ताव पारित हुने दाबी पनि गरे ।

प्रधानमन्त्री दाहाल कैलाली पुग्दा पाँच विद्यार्थी संगठनले बुधबार दिउँसो धनगढीबजार बन्द गराएका थिए ।

प्रधानमन्त्रीको जिल्ला आगमनको विरोधमा प्रदर्शनमा उत्रिएका करिब ७० जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसक्रममा केहीबेर प्रहरी र विद्यार्थीहरु सामान्य झडपसमेत भएको थियो ।