
काठमाडौं, मंसिर २३ । अबको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने भएको छ ।
नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलीय केवल मार्ग (टेरिस्टेरियल केबल रुट) बाट जोड्न नेपाललाई आइपी सर्भिस उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
भारत हुँदै प्रयोग गरिएको रुट बाहेक अन्तर्राष्ट्रिय कनेक्टिभिटीका लागि यो अर्को महत्वपूर्ण विकल्प हो ।
हाल नेपालमा भारतबाट भैरहवा, वीरगंज नाकाबाट अप्टिकल फाइबरमार्फत इन्टरनेट ल्याइएको छ । अहिले नेपालले भारतका बीएसएनएल, टाटा, एयरटेल, भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँग निर्भरता हट्ने छ । –गोरखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्