Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


पूर्वप्रधानमन्त्री डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार


0
Shares

पोखरा, मंसिर २३ । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईलाई लक्षित गरी बिहीबार पोखरामा जुत्ता प्रहार भएको छ ।

नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले पोखराको पृथ्वीनारायण क्याम्पसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भट्टराईलाई जुत्ता प्रहार भएको हो ।

प्रहरीले जुत्ता प्रहार गर्ने २९ वर्षीय सञ्जीव भट्टराईलाई पक्राउ गरेको छ । उनी सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ ।