Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सदन संचालनबारे देउवा र ओलीको आ–आफ्नै अडान


0
Shares

काठमाडौं, मंसिर २३ । सभामुख ओनसरी घर्तीमगरले अवरुद्ध संसद संचालन गर्नेबारे बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीसंग छुट्टा छु्टटै छलफल गरेकी छिन् ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा नेताहरुले भने आ आफ्नै अडान दोहोर्‍याएका थिए ।

दुवै नेताहरुसंगको भेटमा सभामुख घर्तीले संसदको अवरोध हटाएर प्रक्रिया अघि बढाउने बाटो तय गर्न नेताहरुलाई आग्रह गरेकी थिइन् ।

भेटपछि सभापति देउवाले सदन संचालन गर्ने विषयमा छलफल भएको भन्दै अब गतिरोध धेरै समय नलम्बिने बताए ।

सभामुखसँगको भेटपछि एमाले अध्यक्ष ओलीले संसदमा दर्ता भएको संसोधन प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नसक्ने बताए ।

एमालेसहित विपक्षी दलको अवरोधका कारण चार पटक संसद अवरुद्ध बनिसकेको छ । संसद बैठक शुक्रबार फेरी बोलाइएको छ ।