Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


कैलाली जिल्ला माछामा आत्मनिर्भर बन्दै


0
Shares

कैलाली, मंसिर २४ । माछा तथा मासुमा कैलाली जिल्ला आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको छ ।

केही वर्ष अघिसम्म भारतीय माछाको एकाधिकार रहेकोमा अहिले ७० प्रतिशत माग स्थानीय उत्पादनले धानेको छ । माछा तथा मासुमा कैलाली पूर्ण आत्मनिर्भर नभए पनि भारतीय उत्पादन विस्थापन हुने क्रम बढेको जिल्ला कृषि विकास कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा गत वर्ष १ हजार २ सय ६१ टन माछा उत्पादन भएको थियो । ९ सय २३ हेक्टरमा माछा पालन हुँदै आएको कैलालीमा १ सय ९७ वटा प्राकृतिक र कृत्रिम ताल छन् ।

भारतबाट आयात हुने माछामा हानिकारक विषादीको प्रयोग हुने गरेको छ । तर जिल्लामै उत्पादित माछाले ७० प्रतिशत माग धान्न थालेपछि हानीकारक विषादीबाट पनि उपभोक्ताले छुट्कारा पाउन थालेका छन् ।

स्थानीय तालमा उत्पादित माछाले बजार पाउन थालेपछि माछापालन कृषक पनि खुशी छन् ।

कैलालीमा रहु, कमन कार्प, व्रिगेट, सिल्भर, नैनी, भाकुर, ग्रास जातका माछापालन हुँदै आएको छ । कैलालीबाट वार्षिक १२ सय ६१ टन माछा उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय कैलालीका सूचना अधिकारी गोविन्द जोशीले जानकारी दिए ।

७ लाख ७५ हजार ७ सय ९० जनसंख्या भएको कैलालीमा वार्षिक ५० करोडको माछाको कारोबार हुँदै आएको छ ।