Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


पाँचथरमा सुन्तला उत्पादन बढ्ने


0
Shares

पाँचथर, मंसिर २४ । पूर्वी पहाडी जिल्ला पाँचथरमा यस वर्ष सुन्तलाको उत्पादनमा वृद्धि हुने भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले सुन्तलाको उत्पादन वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ । समय समयमा वर्षात भइरहेको र हावापानी अनुकूल भएकाले गतवर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने कार्यालय प्रमुख कमलेश तिवारीले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार गत वर्ष ७ हजार ५ सय ८७ दशमलव ३४ टन सुन्तला उत्पादन भएको थियो । त्यसमध्ये ४२ सय ५२ टन सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो । जसबाट ३४ करोड १४ लाख १५ हजार रुपैयाँ आम्दानी भएको बताइएको छ ।

पाँचथरमा ६ सय ८८ हेक्टरमा सुन्तला खेती गरिँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।