२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


महिलाको रहस्यमय मृत्यु


0
Shares

बनेपा, मंसिर २४ । काभ्रेपलाञ्चोक सानो बाङ्थली गाविस–७ का ३३ वर्षीया लक्ष्मी परियारको शुक्रबार रहस्यमय मृत्यु भएको छ ।

उनीमाथि कुटपिट भएपछि प्रहरी र स्थानीयबासीको रोहवरमा मिलापत्र भएको भोलिपल्ट नै परियारको शव घरबाहिर फेलापरेको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए ।

प्रहरीचौकी चौबासमा कुटपिटको विषयमा मिलापत्र भएको थियो ।

‘यो घटना कसरी भयो, यसको विस्तृत् अनुसन्धान थालिसकेका छौं’–प्रहरी उपरीक्षक थापाले भने ।

उनलाई स्थानीयबासीले बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेका थिए । रासस