काठमाडौं, मंसिर २४ । शुक्रबार सुनको मूल्य पुनः ओरालो लाग्यो ।
शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले कमी आएर तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य विहीबार तोलामा १ सय रुपैयाँले बढेर तोलाको ५३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले सस्तिएर तोलाको ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस ११ सय ७२ डलर हाराहारीमा कारोबार भएको थियो ।





प्रतिक्रिया दिनुहोस्