Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


२९ तले काठमाडौं टावर अझै किन बनेन् ?


0
Shares

काठमाडौं, मंसिर २५ । सम्झौता भएको दुई बर्ष वित्दा पनि जलेश्वर, स्वच्छन्द र कीकोई जेभी प्रालिले पुरानो बसपार्कमा बनाउने भनेको काठमाडौं टावर सुरु गरेका छैनन् ।

गत भदौमा नक्सा पास भई कात्तिक २५ गते लक्ष्मीपूजाका दिन उपराष्ट्रपति नन्दबहादुर पुनले शिलन्याश गरेको २९ तले टावरको काम अघि बढ्न सकेको छैन् । काम नथालेपछि काठमाडौं महानगरपालिकाले सम्झौता रद्द गरी अर्को प्रक्रियामा जानसक्ने संकेत गरेको छ ।

टावर निर्णाणका लागि पुरानो बसपार्कलाई खुल्ला मञ्चमा सारेको सात महिना भइसकेको छ । ‘सम्झौता एक बर्ष बित्दा पनि काम सुरु भएको छैन् । भवन नक्सा पास भएको एकबर्ष पुरा भइसक्यो ।

अब एक बर्ष पनि बाँकी छैन् । यत्तिका समयसम्म डिपिसीको कामसमेत भएको छैन्,’महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने ।
-अन्नपूर्ण पोष्ट दैनिकबाट