१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


चीन जोड्ने चार सडक धमाधम


0
Shares

काठमाडौं, मंसिर २७ । उत्तरी छिमेकी चीनसँग जोड्ने चार महत्वपूर्ण सडक दुई बर्ष भित्रै बनाउने प्रतिबद्धता सरकारले गरेको छ । गल्छी–रसुवागढी, सीमकोट–हिल्सा, जोमसोम–कोरला र खाँदबारी–किमांथाङ्का सडकमार्फत नेपाललाई चीनसँग जोड्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक देबेन्द्र कार्कीले बताए ।

उनका अनुसार गत बर्षको भारतीय नाकाबन्दीको पाठले नेपाललाई चीनसँग जोड्नैपर्ने बाध्यता बनाएको छ । राजनीतिक नेतृत्वले विगतको आवश्यक्ता र भोलिको सम्भावना नभुले चाँडै चीनसँग सडक संजाल पुग्ने कार्कीले बताए । उनका अनुसार आगामी दुई बर्षभित्रै सडक पहुँच पुर्‍याउन विभागले आवश्यक योजनासहित काम गरिहेको छ ।

विभागले चीनसँग जोड्ने विभिन्न १३ वटा नाकामा सड्क पुर्‍याउने तयारी गरिरहे पनि दुईबर्षे प्राथमिकतामा चारवटा सडकलाई राखेर काम भइरहेको विभागका आयोजना निर्देशक गोपालप्रसाद सिग्देलले बताए । उनका अनुसार विभागले चीनसँग संजाल विस्तार गर्न काम गरिरहेको सडकमध्ये पहिलो प्राथमिकतामा गल्छी–रसुवागढी सडक छ ।

-अन्नपूर्ण पोष्ट दैनिकबाट