१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


विद्युत् चुहावटमा ठूला घरानाका उद्योगीहरुकोसमेत संलग्नता : उर्जामन्त्री


0
Shares

विराटनगर, मंसिर २८ । उर्जामन्त्री जनार्दन शर्माले विद्युत् क्षेत्रमा अनियमितता गर्नेहरुलाई कारबाही गरेरै छाड्ने बताएका छन् ।

मंगलबार मोरङमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मलनमा उनले मुलुकलाई उज्यालो बनाउने अभियानविरुद्ध उभिने जो–कोही पनि कारबाहीको भागीदार भएको बताए ।

विद्युत् चुहावटमा ठूला घरानाका उद्योगीहरुकोसमेत संलग्नता पाइएको भन्दै उनले उनीहरुको नाम सार्वजनिक गरेर कारबाही गरिने बताए ।