१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


हात्तीमेलामा हात्तीपूजा


0
Shares

बर्दिया, मंसिर २८ । बर्दियामा आयोजना गरिएको हात्तीमेलामा हात्तीपूजा गरिएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतको चोरी–सिकारी नियन्त्रण युवा परिचालन अभियानका सदस्यहरुले हात्तीमेलाको अवसरमा मंगलबार हात्तीपूजा गरेका हुन् ।

ठाकुरद्वारास्थित शिवपुरमा हात्तीसारको वनभोज मैदानमा आयोजना गरिएको मेला बुधबार (भोलि)सम्म चल्ने छ ।

मेलामा थारु संस्कृति, भेषभूषा, परिकारलगायत स्थानीय उत्पादनहरु राखिएको छ ।