सरकारी सेनाद्वारा घर–घरमा पसेर सर्वसाधारणको हत्या : राष्ट्रसंघ « Image Khabar


सरकारी सेनाद्वारा घर–घरमा पसेर सर्वसाधारणको हत्या : राष्ट्रसंघ


Imagekhabar
२८ मंसिर २०७३, मंगलवार १६:५९

काठमाडौं, मंसिर २८ । संयुक्त राष्ट्रसंघले सिरियाको पूर्वी अलेप्पोमा सरकारी सेनाले घर–घरमा पसेर सर्वसाधारणको हत्या गरेको जनाएको छ ।

राष्ट्रसंघको मानवअधिकारसम्बन्धी कार्यालयले विभिन्न चार स्थानमा ८२ जना सर्वसाधारणको हत्या गरेको दरिलो प्रमाण रहेको दाबी गरेको छ । अलेप्पोमा मानवता पूरै विलिन हुँदै गएको उसको भनाइ छ ।

यता, विगत चार वर्षदेखि पूर्वी अलेप्पो कब्जा जमाएर बसेको ‘आइएस’ अहिले पराजयको संघारमा छ ।

सरकारी सेनाको सशक्त कारबाहीका बाबजुद् पनि आइएसको नियन्त्रणमा रहेका केही भू–भागमा हजारौं मानिस घेराबन्दीमा परेको बताइएको छ ।

सिरिया र रुसलाई बमबारी रोकेर सर्वसाधरणलाई त्यहाँबाट निस्कने सुरक्षित मार्ग तयार पार्न राष्ट्रसंघ र रेडक्रसले आग्रह गरेका छन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्