१६ असार २०८२, सोमबार | Tue Jul 1 2025


पाँचौं हस्तकला दिवस सम्पन्न


0
Shares

काठमाडौं, मंसिर २८ । नेपाल हस्तकला महासंघले स्थापनाको ४४औं वर्ष मनाएको छ ।

मंगलबार राजधानीमा आयोजित ४४औं वार्षिकोत्सव एवं पाँचौं हस्तकला दिवसमा यस वर्ष हस्तकला सामग्रीको निर्यातमा बृद्धि आउने अपेक्षा गरेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष धर्मराज शाक्यले यस वर्ष ५ अर्ब रुपैयाँको कारोबार भइसकेको र यो बढ्ने अपेक्षा गरेको बताए ।

उनले हस्तकला क्षेत्रमा कामदार, कच्चापदार्थको अभाव रहेको भन्दै समस्या समाधानमा सरकारले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उद्योग राज्यमन्त्री कन्चनचन्द्र बादेले हस्तकला क्षेत्रको प्रबद्र्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।