
काठमाडौं, मंसिर २८ । लामो समयदेखि बन्द रहेका निजी क्षेत्रका उद्योग–प्रतिष्ठान पुनः सन्चालन गर्न सरकारले सहजीकरण गर्ने उद्योग मन्त्रालयको पहललाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत् गरेका छ ।
शान्ति–सुरक्षाको अभाव, चर्को लोडसेडिङ, मजदुर समस्या, नीतिगत कठिनाइलगायतका विभिन्न परिस्थितिबाट बन्द हुन पुगेका उद्योगहरु सरकारको सहयोग प्राप्त भएमा पुनः सन्चालन गर्न सकिने निजी क्षेत्रको धारणा रहिआएको महासंघले जनाएको छ ।
संसदबाट केहि समयअघि पारित औद्योगिक व्यवसाय ऐन, विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन पारित गराउन सरकारले देखाएको तदारुकता एवं सरकारको पछिल्लोपटक बन्द उद्योग सन्चालनमा सहजीकरण गर्ने पहलले मुलुकभित्र उद्योग–व्यवसाय विस्तारमा सरकार गम्भीर छ भन्ने सकारात्मक सन्देश गएको महासंघले जनाएको छ ।
विगतमा पनि बन्द उद्योग सन्चालन गर्ने घोषणा भएपनि त्यसको कार्यान्वयन नभएकोतर्फ भने महासंघले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया दिनुहोस्