२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


शेयर बजार सकारात्मक रहेर थामियो


0
Shares

काठमाडौं, मंसिर २९ । पछिल्ला दिन निरन्तर वियरिस ट्रेन्डमा रहँदै आएको शेयर बजार बुधबार भने सकारात्मक रहेर थामियो ।

बजार परिसूचक नेप्से उतार–चढावबीच ६ अंक बराबरले सकारात्मक रहेर १५ सय १६ कायम भएर थामियो । सूचक केही समय उकालो लागेर उच्चदरले ओरालो लाग्दै मध्याह्नपछि सुधारिएको हो ।

होटल र वित्तबाहेक अरु कारोबार भएका सबै समूह सकारात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च ५९ अंकको सुधार आयो । उत्पादनमूलक समूह पनि दोहोरो अंकले बृद्धि भएपनि अरु समूह भने सामान्य अंकलेमात्र सकारात्मक रहेका हुन् ।

कारोबार यसदिन पनि न्यून नै रह्यो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ७ लाख ५४ हजार कित्ता बराबर शेयर ४८ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।