
रसुवा, मंसिर ३० । रसुवाको गोल्जुङ–२ मा निर्माणाधीन चिलिमे–त्रिशुली २ सय २० केभी प्रशारण लाइनको काम अघि बढ्ने भएको छ ।
स्थानीय वासिन्दाले सवस्टेशन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने भएपछि निर्माणको बाटो खुलेको हो ।
जग्गा धनीले प्रतिआना ५ लाख मुआब्जा दिनुपर्ने माग गरेपछि रोकिएको काम लामो छलफलपछि सडकले छोएको जग्गाको १ लाख २५ हजार र सडकले नछोएको जग्गाको १ लाख २० हजार प्रतिआना दिने सहमति भएपछि सवस्टेशन निर्माणका लागि बाटो खुलेको चिलिमे प्रशारण हव स्टेसनका आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए ।
आयोजनाका लागि आवश्यक ८० रोपनी जग्गा मध्ये स्थानीयको ५० रोपनी र बाँकी चिलिमे जलविद्युत कम्पनी र साङ्जेन जलविद्युत् आयोजनाको जग्गा रहने छ ।
२६ दशमलव ५ किलोमिटर रहेको प्रशारण लाइनका लागि करिव ७५ वटा टावर निर्माण गर्नुपर्नेे जनाइएको छ ।
प्रशारण लाईनबाट रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ७ को माथिल्लो सान्जेनलगायतका आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । आर्थिक वर्ष २०७५/७६ मा प्रसारण लाइन निर्माणको काम सक्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्