काठमाडौं, चैत ७ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई हतियार बिसाएर वार्तामा आउन आग्रह गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संवादका लागि सरकार तयार रहेको तर सो समूहले पहिले गोला–बारुद बिसाउनुपर्ने बताए ।
चन्द समूहलाई थप मजबुद् हुन नदिन सरकारले आफ्नो कदम चाल्ने भन्दै उनले ‘भीरबाट लड्नेलाई राम–राम भन्ने हो, काँध थाप्न को जान्छ ?’ भने ।









प्रतिक्रिया दिनुहोस्